७ मंसिर, २०८१ शुक्रबार
08:48:09 AM
८ जेठ, २०७९
सभाले हाल कायम पूँजी संरचना संशोधन गर्ने र सोका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने
काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते विशेष साधारण सभा बोलाएको हो । सभा काठमाडौं–३१ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले पुँजी वृद्धिपछि सोहीबमोजिम प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले हाल कायम पूँजी संरचना संशोधन गर्ने र सोका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सो सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।