७ मंसिर, २०८१ शुक्रबार

08:49:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपि पावरको हकप्रद बाँडफाँड सम्पन्न, ४ लाख ५२ हजार कित्ता सेयर लिलामीमा विक्री हुने

८ जेठ, २०७९

१ लाख १३ हजार १५३ जनालाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

अपि पावरको हकप्रद बाँडफाँड सम्पन्न, ४ लाख ५२ हजार कित्ता सेयर लिलामीमा विक्री हुने

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः००३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।

रितपूर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जनालाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद सेयर  बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।  सो समयमा बिक्री हुन नसकेको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद सेयर लिलामीमा बिक्री गरिने छ । बाँडफाँटमा नपरेको आवेदकहरुको हकप्रद सेयर वापतको रकम जेठ ९ गतेदेखि फिर्ता गरिने छ ।