७ मंसिर, २०८१ शुक्रबार
08:47:13 AM
८ जेठ, २०७९
कम्पनीले निष्काशन गरेको उक्त आईपीओमा मागबमोजिम आवेदन नपरेका कारण आवेदन दिने म्याद थप गरिएको हो
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले निष्काशन गरेको उक्त आईपीओमा मागबमोजिम आवेदन नपरेका कारण आवेदन दिने म्याद थप गरिएको हो । यसअघि कम्पनीको आईपीओमा आवेदन दिने आज (जेठ ८ गते आइतबार) अन्तिम दिन भनिएकोमा मागबमोजिम आवेदन नपरेकाले जेठ १६ गते बैंकिङ समयसम्म आवेदन दिने समय लम्ब्याइएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले चुक्ता पूँजी ८.२२ प्रतिशत अर्थात् ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्कीं), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।