१५ बैशाख, २०८१ शनिबार

09:33:38 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्यालयमा प्रविधिको प्रयोगमा स्रोतको अभाव हुनसक्छ, सहयोग गरिदिनुस्

Nepal Business

६ जेठ, २०७९

शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौँ,” मन्त्री पौडेलले भन्नुभयो, “यी कार्य पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न

विद्यालयमा प्रविधिको प्रयोगमा स्रोतको अभाव हुनसक्छ, सहयोग गरिदिनुस्

काठमाडौँ,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा सूचना तथा सञ्चार प्रविधि(आइसीटी) माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागेको बताउनुभएको छ । 

विकास साझेदार एवम् विज्ञसँग शुक्रबार मन्त्रालयमा आयोजित प्रि–बजेट समीक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कोभिडको समयमा गुमेको सिकाइ क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बताउनुभयो ।

उहाँले समयवद्धरूपमा विद्यालय, शिक्षालय एवम् उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको सुनाउनुभयो । 

“शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौँ,” मन्त्री पौडेलले भन्नुभयो, “यी कार्य पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न । यसमा दातृ निकायले सहयोग गर्नुप¥यो ।”

प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार, सिकेको ज्ञान र सीपलाई रोजगारी, आयआर्जनसँग आवद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षणरुपमा कार्यान्वयनमा ल्याएको बताउनुभयो ।