२५ बैशाख, २०८१ मंगलबार

08:51:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आधारभूत आवश्यक्ता सुनिश्चित हुने कार्यक्रममा संसदको चासो

केशव आचार्य ।

६ जेठ, २०७९


आगामी बजेटका नीति तथा कार्यक्रम निर्माणको लागि हाल संसद अधिवेशन चलिरहेको छ । सांसदहरूले आउँदो बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा संसदहरुले मुलुकको वर्तमान आर्थिक सङ्कटलाई मध्यनजर गरी बजेटका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

बजेटमा उद्यमशीलता कार्यक्रम ल्याई रोजगारी सिर्जना गर्दा अर्थतन्त्र सवल बन्दै जान्छ ।  

सांसदहरुले कडा र जटिल रोगका उपचारका लागि सर्वसाधारण जनतालाई सहज सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन् । भौतिकपूर्वाधार अन्तर्गत द्रुत मार्ग समयमै निर्माण गर्न सके देशको अर्थिक समृद्धिले गति लिने उनीहरुको भनाइ छ ।

मुलुकको अर्थतन्त्र सङ्कटमा परेको विषयलाई गम्भीररुपमा लिएर दायित्व बोध गर्दै संसदमा जुन विषयमा गम्भिरता छलफल हुनुपर्छ । यसलाई औपचारिकताका लागि मात्र नभइ सांसदले उठाएका समसामयिक विषयलाई बजेटमा सम्बोधन गरिनु पर्दछ ।

कृषि, ग्रामीण विकास र पिछडिएका क्षेत्रलाई आगामी बजेटमा प्राथमिकतामा राख्न आवश्यक छ । समाजिक न्यायको क्षेत्रमा न्यायोचित वितरणले सामाजिक न्याय प्रदान गर्दछ । किसानलाई समयमै बीउबिजन, मलखादको व्यवस्था तथा अन्य सुविधा प्रदान गर्नसके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुने देखिन्छ । 

संसदमा बहश हुने विषय समयसामयिक र आधारभूत आवश्यक्तासँग जोडिएको हुनु पर्दछ ।

आगामी आर्थिब वर्षको विधेयकका सिद्धान्त र प्राथमिकता आजको आवश्यक्तालाई सम्बोधन गर्ने खालको हुनु पर्छ । बजेटमा कृषिलाई आत्मनिर्भर बनाउन र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधालाई सर्वसुलभ बनाउने कार्यक्रम ल्याउन जरुरी भएको सांसदहरुको भनाइ छ । 

 उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने, सरकारले प्रदान गर्ने सहुलियतमा वास्तविक किसानको पहुँच पुग्नु पर्ने र किसानलाई सुविधा विस्तारमा सहजीकरण हुनु पर्छ भन्ने माग सांसदहरुको छ । बजेटमा उद्यमशीलता कार्यक्रम ल्याई रोजगारी सिर्जना गर्दा अर्थतन्त्र सवल बन्दै जान्छ ।  

संसदमा बहश हुने विषय समयसामयिक र आधारभूत आवश्यक्तासँग जोडिएको हुनु पर्दछ । आधारभूत आवश्यक्ताबाट पील्सिरहेको जनताले विकासका अन्य विषयमा ध्यान पुर्याइरहेको हुँदैन । तसर्थ सर्वप्रथम सरकार जनताका आधारभूत आवश्यक्ता परिपूर्ति गर्न तर्फ अग्रसर हुनु पर्दछ ।