१७ माघ, २०८१ बिहिबार
11:25:51 AM
६ जेठ, २०७९
यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ ।
काठमाण्डौं । त्रिभुवन युनिभर्सिटीको क्रिकेट मैदानमा शुक्रबार भएको चौंथो खेलमा युगान्डालाई १५ रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो । नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रन बनाएको थियो ।
मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १८ ओभरमा घटाईएको थियो । यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ । तर, पाँच खेलको सिरिजमा नेपाल ३–१ ले पछि रहेको छ ।युगान्डाले सिरिज यस अघि नै जितिसकेको छ ।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।