८ मंसिर, २०८१ शनिबार
12:21:00 AM
७ जेठ, २०७९
नेप्सेमा जेठ १ गतेदेखि जेठ ६ गते शुक्रबारसम्म २ कम्पनीको बोनस सेयर र १ कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा जेठ १ गतेदेखि जेठ ६ गते शुक्रबारसम्म २ कम्पनीको बोनस सेयर र १ कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएका कम्पनीहरु निम्न छन्ः
१. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल
नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको १९ प्रतिशत बोनस सेयर वापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस सेयर सूचीकृत भएकोे हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थका लागि ३ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
२. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर वापतको २२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएकोे हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६०७७ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत कर प्रयोजनका लागि गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३. कर्पोरेट डेभलपमेण्ट बैंक
कर्पोरेट डेभलपमेण्ट बैंकको १५० प्रतिशत हकप्रद बापतको ३० लाख कित्ता सेयर सूचिकृत भएको हो ।माघ ७ गतेदेखि फागुन १३ गतेसम्म बैंकले १ बराबर १.५ को अनुपातमा कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।