८ मंसिर, २०८१ शनिबार
07:15:22 PM
६ जेठ, २०७९
जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले आफ्नो ७३ औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा जेठ ३० गते नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। साथै, सभाबाट कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी २.६ अर्ब पुर्याउने, २ जना सर्वसाधारण र २ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने, बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।