८ मंसिर, २०८१ शनिबार
12:28:00 AM
६ जेठ, २०७९
शुक्रबार अरूण काबेलीको सेयर सर्वाधिक कारोबार भएको छ । यसदिन कम्पनीको ३ करोड २ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि सेयर बजार घटेको छ । निरन्तर बजार घटेर चिन्तित भएका लगानिकर्ताहरुमा शुक्रबार पनि निराशा छाएको छ । अहिले सेयर बजारमा लगानि गर्ने लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा बन्द भएको छ । नेप्से ०.७० प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले घटेर ४३४.७३ विन्दुमा पुगेको छ ।
शुक्रबार २२३ वटा कम्पनीको २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार अरूण काबेलीको सेयर सर्वाधिक कारोबार भएको छ । यसदिन कम्पनीको ३ करोड २ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, शुक्रबार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । यसदिन लघुवित्तका सेयरमूल्य २.७३ प्रतिशतले बढेर एक हजार ४ सय ६९ रूपैयाँ पुगेको छ । शुक्रबार तेह्रथुम पावरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यसदिन कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घटेर ४ सय ६० रूपैयाँ आएपुगेको छ ।