८ मंसिर, २०८१ शनिबार

12:59:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार यी कम्पनीका लागनीकर्ताले सर्वाधिक कमाए

६ जेठ, २०७९

शुक्रबार २२३ कम्पनीको २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

शुक्रबार यी कम्पनीका लागनीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से १५.८२ अंकले घटेर २२३५.९८ मा पुगेको छ । अघिल्लो कारोबारको दिने नेप्से नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बन्द भएको थियो ।
 
शुक्रबार २२३ कम्पनीको २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। घटेको बजारमा आज (शुक्रबार) अरुण काबेली पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । शुक्रबार अरुण काबेली पावरको सेयर ३ करोड २ लाख ४५ हजार रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको २ करोड ८४ लाख ६० हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको प्रमोटर शेयरको २ करोड ७६ लाख १९ हजार रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २ करोड ६९ लाख ९२ हजार रुपैयाँ र अपी पावरको २ करोड ६७ लाख ९५ हजार रुपैयाँ कारोबार भएको छ ।