२० बैशाख, २०८१ बिहिबार

08:57:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीस प्रतिशतले गराए स्वास्थ्य बीमा

१६ पुस, २०७८

बीमाले आर्थिक कारोबारमा बृद्धि

तीस प्रतिशतले गराए स्वास्थ्य बीमा

काठमाण्डौं, पुस १६
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमअन्र्तगत जिल्लामा हालसम्म करिब ३० प्रतिशत नागरिकले बीमा गराएको छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार २९.८० प्रतिशत अर्थात् १ लाख ५ हजार ८२ जनाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएको  छ ।


स्वास्थ्य बीमा बोर्डको जिल्ला प्रमुख मुना निरौलाका अनुसार काभ्रेपलाञ्चोकमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको पाइएको छ । उनले ९ हजार ५ सय ३५ परिवारले बीमा नवीकरण गरिरहेका बताउनु भयो । बीमा नवीकरण गराउनेको सङ्ख्या दैनिक बढिरहेको छ  । 


बोर्डका अनुसार हालसम्म बनेपा नगरपालिकामा २३ हजार ३ सय ११, धुलिखेल नगरपालिकामा २२ हजार ६ सय ८९, पनौती नगरपालिकामा १७ हजार १ सय १४, पाँचखाल नगरका १२ हजार ९ सय ६, मण्डनदेउपुर नगरपालिकामा  १० हजार २ सय ४९, नमोबुद्ध नगरपालिकामा ५ हजार ९ सय ८६ ले स्वास्थ्य बीमा गराएको जनाइएको छ । भुम्लु गाउँपालिकामा ३ हजार ६ सय १०, रोशीमा  २ हजार ४ सय ५७, बेथानचोकमा २ हजार ८७, चौँरीदेउरालीमा १  हजार ६ सय २८, तेमालमा १ हजार ३ सय ५२, महाभारतमा १  हजार ७० र खानीखोला गाउँपालिकामा ६ सय २४ ले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको छ । 
बोर्डको तथ्याङ्कअनुसार सबैभन्दा बढी जिल्ला सदरमुकाम धुलिखेलका ७०.५४ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् भने सबैभन्दा कम बीमा गराउनेमा खानीखोला गाउँपालिकाको ४.३३ प्रतिशत रहेका छन् । बीमितमध्ये ६  हजार २ सय ८८ ज्येष्ठ नागरिक हुनुहुन्छ । ४ सय ३५ स्वास्थ्य स्वयंसेविका, ५३ एचआइभी सङ्क्रमित परिवार, २४ कुष्ठरोगी परिवार, ४ सय ९ पूर्ण अपाङ्गता भएका परिवार रहेको बोर्डले जनाएको छ । जिल्लामा बीमाबापत ११  करोड ३५ लाख ४३ हजार ४०० सङ्कलन भएको छ । 
सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट तथा पूर्ण अपाङ्गता भएका परिवार र एचआइभी सङ्क्रमितको परिवारलाई भने निःशुल्क बीमा गर्ने प्रावधान  गरेको छ ।