१० मंसिर, २०८१ सोमबार
09:01:20 AM
६ जेठ, २०७९
सिडिएसका अनुसार आज (जेठ ६ गते शुक्रबार) बिहान १० बजेसम्म कम्पनीको आईपीओमा १ सय १० जना आवेदकहरुबाट ३५ लाख रूपैयाँ बराबरको ३५ हजार कित्ताका लागि आवेदन परेको छ ।
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीअोमा आवेदन दिने जेठ ८ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
सिडिएसका अनुसार आज (जेठ ६ गते शुक्रबार) बिहान १० बजेसम्म कम्पनीको आईपीओमा १ सय १० जना आवेदकहरुबाट ३५ लाख रूपैयाँ बराबरको ३५ हजार कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले चुक्ता पूँजी ८.२२ प्रतिशत अर्थात् ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि छिटोमा जेठ ८ गते र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्कीं), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
्यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।