८ मंसिर, २०८१ शनिबार
12:24:59 AM
६ जेठ, २०७९
सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुने भएको हो ।
काठमाडौं । आज (शुक्रबार) पनि कारोबार हुने भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुने भएको हो ।
सरकारले गरेको निर्णयसँगै आइतबार भने सेयर कारोबार नहुने भएको छ । सरकारले जेठ १ देखि लागुहुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।
सरकारको निर्णयसँगै नेप्सेले पनि शुक्रबार अन्य दिनको जस्तै सेयर कारोबार हुने तर आइतबार भने विदा गर्ने निर्णय गरिसकेको छ । साही निर्णय अनुसार आज (शुक्रबार) पनि सेयर बजार खुलेको हो । सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गर्नु पहिला शुक्रबार सेयर कारोबार बन्द हुने गरेको थियो ।