९ मंसिर, २०८१ आइतबार

04:04:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी जनलर इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रिमा, मूल्य कति ?

६ जेठ, २०७९

कम्पनीले कुमारी बैंकको नाममा रहेको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो ।

लुम्बिनी जनलर इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रिमा, मूल्य कति ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले कुमारी बैंकको नाममा रहेको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो ।

कम्पनीको उक्त सेयरको न्यूनतम मूल्य २ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरि जेठ १३ गतेदेखि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु वा जो कोही व्यक्ति वा संगठित संस्थाहरुले जेठ २७ गतेभित्र आवश्यक कागजपत्र संकलन गरेर कुमारी क्यापिटलको केन्द्रिय कार्यालय, नागपोखरी, नक्साल, काठमाडौँमा निवेदन दिन सक्नेछन् ।