७ मंसिर, २०८१ शुक्रबार

07:46:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

५ जेठ, २०७९

बिहिबार नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्दमा पुगेको छ ।

बिहीबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

काठमाडौं । साताको चौँथो  कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । बुधबार सामान्य सुधार आएको बजार बिहीबार राताम्य भएको छ ।

बिहिबार नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्दमा पुगेको छ । अघिल्लो कारोबारको दिन  अर्थात बुधबार नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दुमा बन्द भएको थियो ।

बिहीबार २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको कारोबार भएको छ । बिहीबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । यसदिन प्रभु बैंकको १२ करोड ८१ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनआईसी एशिया लघुवित्तको ५ करोड ७ लाख ७२ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख ७६ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोड १२ लाख ६३ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको २ करोड ९६ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।