७ मंसिर, २०८१ शुक्रबार
07:49:31 PM
५ जेठ, २०७९
सेयर बजार घट्दा आज बिहीबार १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रुपैयाँको कारोबार
काठमाण्डौं । बुधबार झिनो अंकले बढेको सेयर बजार बिहीबार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार २३.५१ अंकले घट्दा नेप्से परिसूचक २२ सय ५०.९१ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा आज बिहीबार १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रुपैयाँको कारोबार हुँदा ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर किनबेच भएको छ ।
यस्तै आज म्युचलफण्ड बाहेक सबै उपसमुह घटेका छन् । म्युचल फण्ड ०.७५ प्रतिशतले बढेको छ ।
कम्पनीतर्फ भने जनलर इन्स्योरेन्स कम्पनी ७.४५ प्रतिशत, मैलुङ्ग खोला जल विद्युत कम्पनी २.९४ प्रतिशत र एनएमबी हाइड्रो फण्ड २.२८ प्रतिशतले बढेका छन् ।