७ मंसिर, २०८१ शुक्रबार

09:09:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्काशनको अनुमति माग्दै मायाखोला हाइड्रोपावर धितोपत्र बोर्डमा

५ जेठ, २०७९

कम्पनीले आईपीओ निष्काशनको लागि बैशाख २८ गते बोर्डमा आवेदन दिएको हो ।

आईपीओ निष्काशनको अनुमति माग्दै  मायाखोला हाइड्रोपावर धितोपत्र बोर्डमा

काठमाडौं । आईपीओ निष्काशनको अनुमति माग्दै  मायाखोला हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । हाइड्रोपावर कम्पनीले  आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ३४ करोड रुपियाँ बराबरको ३४ लाख कित्ता सेयर निष्काशनको लागि बोर्डसँग अनुमति माग गरेको हो ।

कम्पनीले आईपीओ निष्काशनको  लागि बैशाख २८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले सेयर निष्काशन तथा बिक्री  प्रबन्धकका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।