७ मंसिर, २०८१ शुक्रबार

07:50:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ कम्पनीले आईपीओ निष्कासन गर्दै, कुनको कति ?

५ जेठ, २०७९

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै निवेदन दिएका हुन् ।

२ कम्पनीले आईपीओ  निष्कासन गर्दै, कुनको कति ?

काठमाडौं । पछिल्लो समय साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिनेको संख्या बढ्दै गएको छ । साधारण सेयरमा लगानीकर्ताहरुको आकर्षण बढीरहेको बेला कम्पनीहरुले पनि धमाधम आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिन थालेका छन् ।

यसै बिच साधारण सेयर निष्काशनको लागि २ कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । धितोपत्र बोर्डमा मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै निवेदन दिएका हुन् ।

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ८० लाख रूपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख ८ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड​​

 भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड​​ले चैत २ गते प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ करोड ३२ लाख १६ हजार रूपैयाँ बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।