४ जेठ, २०८१ शुक्रबार

08:34:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगलागीबाट सप्तरीमा १० लाखको क्षति

Nepal Business

१५ पुस, २०७८

हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको हो ।

आगलागीबाट सप्तरीमा १० लाखको क्षति


काठमाण्डौं, पुस १५


सप्तरीको तिरहुत गाउँपालिका–३ मा विहिवार भएको आगलागीबाट १० लाखभन्दा बढीको क्षति भएको छ । हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको हो । 
आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयाशबाट आगो निभाइएको थियो ।