७ मंसिर, २०८१ शुक्रबार

08:09:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

५ जेठ, २०७९

कम्पनीको आईपीओमा आवेदन दिने समय आज (जेठ ५ गते) अन्तिम दिन रहेमा समय थप गरि जेठ २० सम्म पुर्याइएको छ

अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आईपीओमा आवेदन दिने समय आज (जेठ ५ गते) अन्तिम दिन रहेमा समय थप गरि जेठ २० सम्म पुर्याइएको छ । कम्पनीले वैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले  आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुका लागि १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्।  आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

आईपीओमा आवेदन दिन चाहाने स्थानीय बासिन्दाहरुले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।