७ मंसिर, २०८१ शुक्रबार

08:20:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्नुभयो त ? दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

५ जेठ, २०७९

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

भर्नुभयो त ? दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा  आवेदन दिने आज ( जेठ ५ गते बिहीबार) अन्तिम दिन रहेको छ  । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले उक्त आईपीओमा  न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आज (जेठ ५ गते) बैंकङ्ग समय सम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।