७ मंसिर, २०८१ शुक्रबार

07:45:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से परिसूचक ८.९० अंकले बढ्यो, हाइड्रोपावर उपसमुहमा हरियाली

Nepal Business

४ जेठ, २०७९

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक ८.९० अंकले बढ्यो,   हाइड्रोपावर उपसमुहमा हरियाली

काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार उच्च अंकले घटेको सेयर बजार बुधबार झिनो अंकले बढ्न पुगेको छ । चुनावी चहलपहलसँगै घटिरहेको बजारले अब सकरात्मक गति लिनसक्ने आशा जगाइदिएको छ । सानै अंकले बजार बढेपनि लगानीकर्ताहरुमा उत्साह थपिएको छ

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको छ । नेप्से ०.३९ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि २.४१ अंकले बढेर ४४१.०९ विन्दुमा पुगेको छ । 

कूल २२७ वटा कम्पनीको ३१ लाख ५६ हजार ९ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर उपसमूह बढेको छ ।

बुधबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख ३० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आजै राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०२ प्रतिशतले बढेर ६ सय ५२ रूपैयाँ पुगेको छ ।

राधी विद्युत कम्पनी लिमिटेडले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १ः१४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता  हकप्रद सेयर निष्कासन गर्न वैशाख २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

बुधबार सूर्योदय वोमी लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १ हजार १ रूपैयाँ ३० पैसामा झरेको छ ।