७ मंसिर, २०८१ शुक्रबार

08:23:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खरिद गर्ने होइन त आइपीओ ? रिभर फल्सको आइपीओ खरिद गर्ने बुधबार अन्तिम दिन

Nepal Business

४ जेठ, २०७९

कम्पनीको आइपीओमा मंगलबार साँझसम्म १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको

खरिद गर्ने होइन त आइपीओ ?  रिभर फल्सको आइपीओ खरिद गर्ने बुधबार अन्तिम दिन

काठमाण्डौं । रिभर फल्स पावरको आइपीओ खरिद गर्ने बुधबार अन्तिम दिन रहेको छ । आइपीओमा आवेदन दिन छुटाउनु भएका लगानीकर्ताले आज बुधबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीले वैशाख २८ गतेदेखि सर्वसाधारणका २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा मंगलबार साँझसम्म १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।