८ मंसिर, २०८१ शनिबार

07:38:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घाइते जोशी भेट्न एमाले महासचिव अस्पतालमा

Nepal Business

३ जेठ, २०७९

भेटमा महासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यस्ता घटनाबाट निरास नभई दृढताका साथ जनताको बीचमा गएर सामना गर्न सुझाव दिनुभयो ।

घाइते जोशी भेट्न एमाले महासचिव अस्पतालमा

काठमाडौँ,
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते हुनुभएका ब्यास 
नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुग्नुभएको छ ।

 चुनावको दिन आक्रमणमा परी घाइते हुनुभएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । 

चुनावको दिन आक्रमणमा परी घाइते हुनुभएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।

सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी सूर्य चिह्न लिएर मेयरको उम्मेदवार बन्नुभएपछि उहाँ आक्रमणमा पर्नुभएको हो ।

भेटमा महासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यस्ता घटनाबाट निरास नभई दृढताका साथ जनताको बीचमा गएर सामना गर्न सुझाव दिनुभयो । 

अस्पतालमा महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङ हुनुहुन्थ्यो । आक्रमणबाट जोशीको टाउको र जीउमा चोट लागेको थियो । उक्त घटनापछि मतदान केन्द्रमा चुनाव स्थगित भएको थियो भने निर्वाचन बुधबार हुँदैछ ।