२० बैशाख, २०८१ बिहिबार

07:07:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्जीवन बीमा कम्पनीको करिब ३ अर्ब बीमाशुल्क

१५ पुस, २०७८

महिनामा २ अर्ब ८७ करोड ४८ लाख बीमाशुल्क आर्जन गरेका यी कम्पनीहरुले २ लाख ५४ हजार २९ बीमालेख जारी गरेका थिए ।

निर्जीवन बीमा कम्पनीको करिब ३ अर्ब बीमाशुल्क


काठमाण्डौं, पुस १५
मंसिर १ महिनामा मात्र २० निर्जीवन बीमा कम्पनीहरुले  २ अर्ब ८४ करोड ४१ लाख बीमाशुल्क आर्जन गरेका छन् । यो बीमा समितिले सार्वजनिक गरेको मंसिर महिनाको तथ्याङ्कमा देखिएको हो । 

कार्तिक महिनाको तुलनामा भने यी कम्पनीहरुको बीमाशुल्क आर्जन रकम भने घटेको छ ।  महिनामा २ अर्ब ८७ करोड ४८ लाख बीमाशुल्क आर्जन गरेका यी कम्पनीहरुले २ लाख ५४ हजार २९ बीमालेख जारी गरेका थिए । कुल बीमाशुल्क आर्जन रकम कार्तिक महिनाको तुलनामा घटेपनि जारी बीमालेखाको संख्यामा भने बृद्धि भएको छ ।

मंसिर महिनामा बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सको अग्रता रहेको छ । शिखरले २९ करोड ३१ लाख बीमाशुल्क आर्जन गरेको हो । यो महिना शिखरले २१ हजार ४५१ बीमालेख जारी गरेको छ । बीमालेख जारी गर्नेमा पहिलो नम्बरमा भने नेको इन्स्योरेन्स रहेको छ । बीमाशुल्क आर्जनमा पनि नेको इन्स्योरेन्स दोस्रो नम्बरमा रहेको छ २५ करोड ३९ लाख बीमाशुल्क आर्जन गरेको नेको इन्स्योरेन्सले २७ हजार ८ सय ९५ बीमालेख जारी गरेको हो । 

मंसिर महिनामा नेशनल इन्स्योरेन्सको बीमाशुल्क आर्जन सबैभन्दा कम रहेको छ । नेशनल इन्स्योरेन्सले ५ करोड ४२ लाख बीमालेख आर्जन गरेको हो । यस अवधिमा कम्पनीले २ हजार १ सय ४५ बीमालेख जारी गरेको छ ।

गत वर्षको मंसिर महिनाको तुलनामा यस वर्ष निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन रकम भने २७.३९ प्रतिशत बढेको छ । वार्षिक तथ्याङ्कलाई हेर्दा गत वर्ष १२ अर्ब ११ करोड संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुले यस वर्ष मंसिर मसान्तसम्म १५ अर्ब ४२ करोड ६९ लाख बीमा शुल्क संकलन गरेका हुन ।