२८ बैशाख, २०८२ आइतबार
09:19:14 PM
१५ पुस, २०७८
काठमाण्डौं, पुस १५
स्याङ्जाको वालिङ नगरपालिकाले किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले हरेक वर्ष हाते ट्र्याक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगबिहीन हुने समस्या बढ्दै गएकाले किसानलाई मर्मतको तालिम दिइएको हो ।
मर्मत गर्न सिकाएर हाते ट्र्याक्टर सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ किसानलाई तालिम प्रदान गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारीमा किसानलाई हाते ट्रयाक्टर मर्मतसम्बन्धी एकहप्ते तालिम दिइएको हो । तालिममा वालिङका १४ वडाका ५० कृषक सहभागी भएका छन् ।
गाउँ गाउँमा हाते ट्रयाक्टर छन्, कतिपय बिग्रेपछि थन्क्याइएको छ र नयाँ किन्ने गरेको पाइयो । त्यसैले किसानलाई तालिम दिएर मर्मत गरी पुनः सञ्चालन गर्न सक्ने बनाउने योजना अन्तर्गत तालिम दिएको खाँडले बताउनु भयो ।
मर्मतभन्दा ढुवानीमा बढी रकम र समय खर्च हुने गरेको छ । मर्मतमा धेरै खर्च हुने भएकाले त्यसलाई जोगाउन पनि किसानलाई सीप सिकाइएको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताउनुभयो ।