२ बैशाख, २०८१ आइतबार

05:47:29 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘रैथाने कला, ज्ञान र सीपलाई प्रविधिसँग जोडेर समृद्ध बनाउनुपर्छ’

Nepal Business

४ बैशाख, २०८०

कार्यक्रमा काठमाडौँ विश्वविद्यायका उपकुलपति प्राडा भोला थापाले कला र इन्जिनियरिङलाई जोड्न जरुरी भएको बताउनुभयो । “नेपालमा सम्पदा छन् ती सबै इन्जिनियरिङ भएको र अब त्यसलाई शैक्षिक कार्यक्रमसँग जोडेर अझै पहिचानयोग्य बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

‘रैथाने कला, ज्ञान र सीपलाई प्रविधिसँग जोडेर समृद्ध बनाउनुपर्छ’

नेपालको परम्परादेखि पारिवारिक पुस्तान्तरण हुँदै आएको रैथाने ज्ञान, सीप र कलालाई प्रविधिसँग जोडेर समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

नेपालमा परम्परागत चित्रकला, हस्तकला, मूर्तिकला, आभूषणकला, काष्ठकला, हातहतियारसम्बन्धीका कलाहरु छन् । ती कलाहरु स्थानीयस्तरमा निर्माण भइरहेका र कतिपय कलाहरु लोपोन्मुख अवस्थामा रहेकाले यस्ता रैथाने शिल्पको संरक्षण जरुरी हुन्छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हस्तकला विभागद्वारा आज काठमाडौँमा आयोजित ‘शिल्पकला शिक्षाको महत्व’ विषयक अन्तरक्रियामा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प कलालाई सिर्जना, शिक्षा र प्रविधि तथा उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो ।
 
उहाँले रैथाने ज्ञानलाई प्रविधिसँग जोडेर लैजान सके त्यसले सकारात्मक परिणाम दिने प्रतिक्रिया दिन्ुभयो । कुलपति हार्तम्छालीले हाम्रा परम्परागत र रैथाने ज्ञानलाई पुस्तान्तरण गर्न जरुरी भएको र रैथाने ज्ञान र सीपलाई पाठ्यक्रममार्फत अध्ययनको विषयमा बनाउन जरुरी रहेको बताउनुभयो । 

कार्यक्रमा काठमाडौँ विश्वविद्यायका उपकुलपति प्राडा भोला थापाले कला र इन्जिनियरिङलाई जोड्न जरुरी भएको बताउनुभयो । “नेपालमा सम्पदा छन् ती सबै इन्जिनियरिङ भएको र अब त्यसलाई शैक्षिक कार्यक्रमसँग जोडेर अझै पहिचानयोग्य बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले रैथाने कलालाई अझ कसरी सम्मानित गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको बताउनुभयो । प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्य शिल्प भनेको विज्ञानसँगको सौन्दर्यको मिश्रण भएकाले सीप भएका कलाकार ओझेल नपरोस् भन्नका लागि शिल्पकलाको शिक्षालाई दीगो विकाससँग जोड्न जरुरी रहेको बताउनुहुन्छ ।

छलफलामा काठमाडौँ विश्वविद्यालयका एसोसियट डिन सुजन चित्रकारले नेपालमा कला, साहित्य, संस्कृतिको क्षेत्रमा सरकारले धेरै सहयोग गर्न नसकेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले काठमाडौँ विश्वविद्यालयले अघि बढाएको ‘क्राफ्ट एन्ड डिजाइन’ विषय चुनौतीपूर्ण भएको पनि बताउनुभयो ।
 
नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा शिल्पसम्बन्धी विधा परापूर्वकालदेखि नै भएको बताउँदै यसमा अध्ययनै नपुगेको गुनासो गर्नुभयो । ज्वेलरी स्कुल नेपालका अध्यक्ष मोहन विश्वकर्माले नेपाल संसारभरीबाट मौलिक कला संस्कृति हेर्न आउने खुल्ला विश्वविद्यालय भएको बताउँदै घर–घर, बस्ती–बस्तीमा यससम्बन्धी शिक्षा राख्नुपर्नेमा जोड दिनुभयो । 

कलाकार माणिकमान शाक्यले भन्नुभयो, “हामी काम गर्छौँ, पैसा लिन्छौँ, तर काम गरेको प्रमाण हुँदैन् । शिल्प शिक्षाको काम अघि बढाइयो भने पुस्ता हस्तान्तरणको काम पनि अघि बढ्छ र कलाकारको पनि पहिचान हुन्छ ।” प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले शिल्प शिक्षाका सम्बन्धमा स्थानीय निकायहरुसँग जोडिएर पाठ्यक्रम बनाउन सकेमा अझ महत्वपूर्ण कार्य हुने धारणा राख्नुभयो ।