७ मंसिर, २०८१ शुक्रबार
08:14:53 AM
२ जेठ, २०७९
दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो ।
काठमाडौँ,
भारतबाट पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पाेरेशनसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको लागत प्रतिलिटर रु १८४.३६ थियो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले सामेबार जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले सामेबार जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।
दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो ।
युक्रेन युद्ध जारी रहेकै बीच पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य अझै बढेर गएको निगमको भनाइ छ ।
यो परिस्थितिमा खरिद मूल्य बढ्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ४ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमको भनाइ छ ।