१८ मंसिर, २०८१ मंगलबार
11:29:42 PM
२ जेठ, २०७९
अब बुद्व जयन्ती अस्थायी हलमा मनाउनु पर्ने बाध्यता हटेको
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्नुभएको छ ।
सोमबार बिहान आयोजिक समारोहकाबीच प्रधानमन्त्री देउवाले पाँच हजार जना अट्ने क्षमताको सो हलको उद्घाटन गर्नुभएको हो ।
अब बुद्व जयन्ती अस्थायी हलमा मनाउनु पर्ने बाध्यता हटेको छ । यस अिघ हरेक वष अस्थायी हल बनाएर बुद्ध जयन्ती समारोह हुँदै अँएको थियो र
यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो ।
यसवर्षको बुद्व जयन्तीका अवसरमा सोमबार अपरान्ह यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६ औं बुद्व जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
समारोहका लागि हललाई निकै आकर्षक तरिकाले सजाइएको छ ।