२० बैशाख, २०८१ बिहिबार

12:25:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवाद्धारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, विमानस्थललाई पर्यटकीय हव बनाउन आग्रह

Nepal Business

२ जेठ, २०७९

आज सोमबारदेखि विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएको (फोटो रासस)

प्रधानमन्त्री देउवाद्धारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, विमानस्थललाई पर्यटकीय हव बनाउन आग्रह

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकिय विकासका लागि हव बनाउनुपर्ने बताउनुभएको छ । 

सोमबार बुद्ध जयन्तीका अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनमा आएपछि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय विकासमा थप सहयोग पुग्ने बताउनुभएको हो । 

यस्तै उहाँले धार्मिक तथा सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने पनि बताउनुभयो । यसका लागि उहाँले विमानस्थललाई हव बनाएर हवाई उडान गर्न वायुसेवा कम्पनीलाई आग्रह गर्नुभएको छ । 

आज सोमबारदेखि विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएको छ । साथै बिहान कुवेतको जजिरा एयरवेजले विमानस्थलमा पहिलो अवतरण गरेसँगै अन्तराष्ट्रिय व्यवसायीक उडान सुरु भएको हो ।