१७ बैशाख, २०८१ सोमबार

08:07:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतले जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारलगायतमा सहयोगलाई निरन्तरता दिन्छ : मोदी

Nepal Business

१ जेठ, २०७९

मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो,” भन्नुभएको छ

भारतले जलविद्युत्, विकास र सम्पर्क सञ्जाल  विस्तारलगायतमा सहयोगलाई निरन्तरता दिन्छ : मोदी

लुम्बिनी,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको छ ।

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । 

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । 

वक्तव्यमा उहाँले “मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो,” भन्नुभएको छ ।

प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाको निमन्त्रणामा उहाँ भोलि सोमबार विशेष विमानबाट लुम्बिनी आउँदै हुनुहुन्छ ।