७ मंसिर, २०८१ शुक्रबार

08:03:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर कारोबारको समयवधि बढाउने तयारीमा धितोपत्र बोर्ड

Nepal Business

१ जेठ, २०७९

सेयर कारोबारको समयवधि बढाएर साढे १० देखि साढे ३ बजेसम्म पुर्याउने तयारीमा रहेको

सेयर कारोबारको समयवधि बढाउने तयारीमा धितोपत्र बोर्ड

काठमाण्डौं । हाल ११ देखि ३ बजेसम्म कारोबार हुँदै आएको सेयर बजारको समयवधि बढाउने तयारी भइरहेको छ । यसको गृहकार्यमा नेपाल धितोपत्र बोर्ड जुटेको छ । 

बोर्डका अनुसार हालको भन्दा एक घन्टा समय थप गर्न बोर्ड तयारीमा लागेको छ । सेयर कारोबारको समयवधि बढाएर साढे १० देखि साढे ३ बजेसम्म पुर्याउने तयारीमा रहेको बोर्डले जानकारी दिएको हो । 

बोर्डका अनुसार अहिले यस विषयमा छलफल भइरहेकाले आधिकारिक निर्णय भने भइसकेको छैन ।