८ मंसिर, २०८१ शनिबार

05:53:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि लागू

Nepal Business

१ जेठ, २०७९

वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको

साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि लागू

काठमाण्डौं । साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आज आइतबार (जेठ १ गते)देखि लागू भएको छ ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सो बिदा आज आइतबारदेखि लागू भएको हो।

आजबाट हरेक साताको शनिबार र आइतबार सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, अस्पताल तथा स्वास्थ्य संस्था पनि बन्द रहनेछन्। अस्पताल र स्वास्थ्य संस्थामा पनि आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा शनिबार र आइतबार बन्द रहनेछन् ।

अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ। 

आइतबार बिदा दिने कार्यान्वयनमा आएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजेसम्म कायम हुने भएको छ । तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजे देखि अपरान्ह ४ः३० बजेसम्म मात्रै कायम हुनेछ।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।