८ मंसिर, २०८१ शनिबार

05:54:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मत परिणामको महत्व र आईरहने सूचना, के हो के होईन पत्याउनै गाह्रो

Nepal Business

१ जेठ, २०७९

मत परिणामको महत्व र आईरहने सूचना, के हो के होईन पत्याउनै गाह्रो

काठमाण्डौ । निर्वाचन आफुलाई मन परेको उम्मेदवारलाई विजयी गराउन मत राख्ने एक महत्वपूर्ण अवसर हो ।

यो अवसर प्रयोग गर्नेलाई मतपरिणामको चासो हुनु स्वभाविक नै हो । तर निर्वाचन प्रक्रियामा सहभागि नभएकाहरुलाई पनि मतपरिणामको चासो हुन्छ नै ।

पालिकाको नेता र नेतृत्व चयन गर्ने कुरामा मतदाता र त्यहाँ वसोवास गर्ने अरु सबैलाई चासो भईरहेको छ । त्यसो त अझ ठूला महानागरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कसको मत कति र कसको जित भन्ने कुराले धेरै अर्थ राख्छ ।

कतिपय स्थानमा शुक्रवार साँझबाटै मतगणना सुरु भएको थियो भने कतिपय पालिकामा शनिवार विहानबाट मात्रै मत गणना सुरु भयो । मत गणनाको अवस्था जान्न जो कोहीलाई पनि उत्सुकता हुन्छ । त्यसैले अहिले सहज भएको सामाजिक सञ्जाल, वेभसाईट, टिभि रेडियो उपलब्ध माध्यमबाट सूचना लिन मतदाताहरु आतुर छन् ।

यसैबीचमा विभिन्न पालिकाको मतगणनाको अवस्था, उम्मेदवारले प्राप्त गरेको मत परिणाम र अग्रता लगाएका विषयमा आधिकारीक भन्दा मिथ्य सूचना र जानकारीहरु शनिवार धेरै मिडिया, सामाजिक सञ्जाल मार्फत मतदातासम्म पुगे । यसै मध्येको एक हो काठमाण्डौ महानगरपालिका ।

महानगरपालिकाले दिनभर मतगणना गरेपनि साँझ ७ बजे मात्र आधिकारीक सूचना मिडिया सेन्टर मार्फत दिएको थियो । दिउँसभर काठमाण्डौको मत गणना र प्राप्त मत बारे सबैतिर अनुमानका भरमा जानकारी आईरहे ।

जब साँझ ७ बजेको मिडिया व्रिफिङ भयो तव थाहा भयो दिउँसो कतिपय मिडियामा आएका समाचारमा भनेजति मत गणना नै भएको छैन । विगतका मतगणनाको समयमा पनि पटक–पटक सञ्चारकर्मीले भोग्दै आएको समस्या हो यो ।

सूचना समयमा नपाउने र पाएपनि आधिकारीक नहुने । तर अब काठमाण्डौ महानगरको मत गणनाको सूचना दिन मिडिया सेन्टर बनाईएको छ, एक वा दुई घण्टामा मुख्य निर्वाचन आयोगका प्रतिनिधिको उपस्थितीमा सूचना दिने व्यवस्था गरिएको छ ।

यसले केही सहज त भएको छ । तर मत गणना हुनसाथ सूचना दिने व्यवस्था गर्न सके अझ प्रभावकारी हुने देखिन्छ । मत गणना हुनसाथ सबै सूचना दिने भनेर मिडिया सेन्टर बनाइएपनि अहिले ब्रिफिङका लागि प्रयोग गरिएको छ ।

यसलाई गन्नसाथ अपडेट हुने प्रणालीमा रुपान्तरण गर्न सके सञ्चारकर्मीहरुलाई थप सहज हुने देखिन्छ ।