४ जेठ, २०८१ शुक्रबार

07:47:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँमा डरलाग्दो सामुहिक बलात्कारकाण्ड : यसरी पक्राउ परे नौ आरोपी

१४ पुस, २०७८

काठमाडौँमा डरलाग्दो सामुहिक बलात्कारकाण्ड : यसरी पक्राउ परे नौ आरोपी

काठमाडौँ, १४ पुस । काठमाडौँमा मङ्गलबार डरलाग्दो सामुहिक बलात्कारको घटना भएको छ । एक ३४ वर्षीया महिलामाथि यसरी बलात्कार भएको उजुरी परेपछि २४ घण्टा नवित्दै प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।  दिनदहाडै काठमाडौँमा एउटा गम्भिर आपराधिक क्रियाकलाप ( सामुहिक बलात्कार) काण्ड ले अहिले सबैलाई झस्काएको छ ।  तर प्रहरीले छोटो समयमै घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको दावी गरेको छ । 

काठमाडौँ महानगरपालिका २६ मित्रपार्कस्थित एक गेष्ट हाउसमा उक्त घटना भएको हो । प्रहरी प्रभाग नयाँ बसपार्कमा उक्त घटना भएको भनी मंगलबार अपराह्न ३ बजे सूचना आयो । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौँबाट कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीसहितको अपराध अनुसन्धान कार्यमा संलग्न प्रहरी टोली र महानगरीय प्रहरी अपराध महाशाखाबाट समेत संयुक्त रुपमा अनुसन्धान टोलीले घटनाको अनुसन्धान थालेका थिए । 

उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालार्ई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन्   ।

प्रारम्भिक अवस्थामा अनुसन्धान कार्यमा खटिएको प्रहरी टोलीबाट कहाँ, कुन स्थानमा कति जनाको संख्यामा रहेका ब्यक्तिहरु घटनामा संलग्न रहेका भन्ने यकीन थिएन । शून्यको अवस्थामा पीडितको बयानबाट घटनाको बारेमा सूचना सङ्कलन गरी सिसी क्यामराको फुटेज र प्राविधिक विश्‍लेषणलगायतको आधारमा थप अनुसन्धान गरी घटनामा संलग्न मध्य ९ जनालाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीका अनुसार पहिला दुई जना आएका थिए । त्यसपछि उनीहरुकै चिनेजानेका अरु पनि आएर बलातकार गरेका थिए । 

उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालार्ई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन्   । पीडित महिलालाई प्रसुतीगृहस्थित एकद्वार संकट ब्यवस्थापन केन्द्रमा लगी शारीरिक तथा मानसिक परीक्षण गराइएको छ । उनीहरु माथि थप अनुस्न्धान भइरहेको र उनीहरुले घटना स्वीकार गरेर प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं १० झाकोट घर भई वर्ष २३का हिक्मत नेपाली, सोही जिल्लाका वर्ष २२ का रतन नेपाली, सुरेश सेज्वाल, वर्ष १९का दीपक नेपाली, २३ वर्षीय शिवहरि वुढा, २४ वर्षीय युवराज वढुवाल, अर्घाखाँचीका गोपालकुमार शिरिष, मुगुकै हस्त नेपाली र चन्द्र साउद रहेको प्रहरीले आज सूचना जारी गरी जनाएको छ ।