७ मंसिर, २०८१ शुक्रबार
08:17:49 PM
१ जेठ, २०७९
अघिल्लो साता तीन दिन मात्र खुलेको बजारमा ४ अर्ब ३४ करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र खरीद बिक्री भएको
काठमाण्डौं । सेयर बजार आज आइतबार बन्द रहनेछ । सरकारले आजदेखि सार्वजनिक बिदा दिने निर्णय लागू भएकाले सेयर बजार बन्द रहने भएको हो।
तर आज सेयर बजार बन्द भए पनि शुक्रबार भने खुला रहनेछ ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार पनि सेयर बजार खुला गर्ने निर्णय गरेपछि अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुनेछ । गत साता लगातार ४ दिन बढेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार घटेको थियो ।
स्थानीय चुनावीका कारणले पनि सेयर बजार सकरात्मक देखिएको थियो । यससँगै बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने भनेपछि लगानीकर्ता पनि उत्साहित भएका छन् ।
लगानीकर्ताका अनुसार अब भने सेयर बजार उकालो लाग्ने आशा गरेका छौँ । लामो समयदेखि घट्दै आएको बजार अब भने केहि माथी जाने विश्वास लगानीकर्ताहरुले गरेका छन् ।
गत साता पाँच कारोबार दिनमा अर्ब ५६ करोड ६१ लाखभन्दा बढीको २ करोड ५ लाख ५६ हजार ६५४ कित्ता धितोपत्र खरीद विक्री भएको छ ।
अघिल्लो साता तीन दिन मात्र खुलेको बजारमा ४ अर्ब ३४ करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र खरीद बिक्री भएको थियो ।
चार दिन निरन्तर बढेको बजारमा यो साता लगानीकर्ताहरुको कुल सम्पत्तिको मूल्य १ खर्ब ५८ अर्ब ७८ करोड ७४ लाख रुपैयाँले बढेको छ ।
गत साताको बिहीबार कारोबार घटे पनि त्यसलाई लगानीकर्ताले सकरात्मक रुपमा लिएका छन् । अब यस हप्ताको सेयर कारोबार कस्तो रहला भन्ने उत्सुकता लगानीकर्ताहरुमा छ ।