२१ बैशाख, २०८१ शुक्रबार

09:18:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेसुङ्गा नगरपालिका गुल्मीको मेयर पदमा कांग्रेसका खीलध्वज पन्थी विजयी

Nepal Business

३१ बैशाख, २०७९

रेसुङ्गा नगरपालिका गुल्मीको मेयर पदमा कांग्रेसका खीलध्वज पन्थी विजयी

गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार खिलध्वज पन्थि विजयी हुनुभएको छ ।

पन्थीले ८ हजार ६ सय १४ मत प्राप्त गर्दै प्रमुखमा विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजेन्द्र प्रसाद पाण्डेले ७ हजार ३ सय २० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उप प्रमुखमा अमृतादेवी कुँवर विजयी हनुभएको छ । कुँवरले ८ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्धन्दी रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी १४ वटा वडा रहेको रेसुङ्गा नगरपालिकामा अधिकासं वडाहरुमा काँग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । एमालेले ३ वटा वडामा जित हासिल गरेको छ ।