७ मंसिर, २०८१ शुक्रबार
09:39:35 AM
३१ बैशाख, २०७९
एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ
काठमाडौँ । स्थानीय तहको निर्वाचन सकिन नपाउँदै नेपाल आयल निगमले आजराती १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० ले बढाएको हो ।
जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मुल्य क्रमशः रु १७० र १५३/१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ ।
जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मुल्य क्रमशः रु १७० र १५३/१५३ कायम गरिएको छ ।
एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ ।
निगमले नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैया २ पैसा, डिजेलमा रु ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्तिेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ ।
हवाइ इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्याँसमा प्रति सिलिण्डर रु एक हजार ५० रुपैयाँ ८ पैसा घाटा रहेको जनाइएको छ ।
निगमलाई १५ दिनमा करिब रु ५ अर्ब १९ करोड अझै घाटा रहेको जनाइएको छ ।