२४ बैशाख, २०८१ सोमबार

02:23:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'घरेलु तथा साना उद्योगलाई गति दिन महिलालाई प्रोत्साहित गर्नुपर्छ '

Nepal Business

१४ पुस, २०७८

'घरेलु तथा साना उद्योगलाई गति दिन महिलालाई प्रोत्साहित गर्नुपर्छ '

जनकपुर, १४ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले घरेलु तथा साना उद्योगमा महिलालाई प्रोत्साहित गर्नुपर्ने बताउनुएको छ । नेपाल घरेलु तथा साना उद्योग प्रदेश नं २ को दोस्रो अधिवेशन एवं महिला उद्यमी सम्मेलनको आज जनकपुरमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता र सक्रियता बढाउन सकिए प्रदेशको आर्थिक विकासले गति लिने भएकाले घरेलु तथा साना उद्योगतर्फ महिलालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।  

पछिल्लो समय घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गर्नुहुँदै उहाँले साना उद्योगमा महिलाको सहभागिता र सक्रियता बढाउन प्रदेश सरकारले ठोस योजना बनाउन लागेकोसमेत बताउनुभयो । प्रदेश नं २ मा उद्योगधन्दा सञ्चालन गर्ने प्रचुर सम्भावना भए पनि विभिन्न कारणले अपेक्षाकृत कार्य गर्न नसकिएको उल्लेख गर्नुहुँदै प्रदेश सरकारले छिट्टै औद्योगिक विकासका लागि ठोस योजना ल्याउने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालको आर्थिक विकास कृषिजन्य उद्योगले ठूलो योजना पु¥याएको चर्चा गर्नुहुँदै उहाँले प्रदेश सरकारले कृषिउपज र अन्य घरेलु तथा साना उद्योगको उत्पादनलाई बजारसम्म पु¥याउनका आवश्यक रणनीति बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उद्योग महासङ्घ प्रदेश २ का अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले बङ्गला देशसँग समन्वय गरेर वीरगञ्जमा गार्मेन्ट उद्योग स्थापना गर्नुपर्ने र महिलालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनका लागि प्रदेश सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।