१६ बैशाख, २०८१ आइतबार

06:34:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी

Nepal Business

३१ बैशाख, २०७९

मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी

काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमालेले जितेको छ ।

अध्यक्षमा निर्वाचित एमालेका कान्छा घलेले ८६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१३ मत पाउनुभएको छ । 

उपाध्यक्षमा एमालेले समर्थन गरेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित विजयी हुनुभएको छ । मनाङको चामेमा एमाले र नार्पाभूमिमा कांग्रसले जितेका छन् ।

योसहित एमाले ४ गाउँपालिका जितेर पहिलो स्थानमा कायम भएको छ भने नेपाली कांग्रेस २ गाउँपालिकासहित दोस्रो स्थानमा छ ।

नेकपा एकीकृत समाजवादीबाट यसअघि नै डोल्पामा २ गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।