८ जेठ, २०८१ मंगलबार

04:27:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाँच महिनामा १४ करोड बराबरको नून बिक्री

१४ पुस, २०७८

आयोडिनयुक्त नून दक्षिण एशियामै सस्तो

पाँच महिनामा १४ करोड बराबरको नून बिक्री



काठमाण्डौं, पुस १४


साल्टट्रेडि कर्पोरिशन लिमिटेड जनकपुर प्रदेश कार्यालयले चालू आर्थिक वर्षको  पाँच महिनामा कूल १४ करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गरेको छ ।

कार्यालयले आव २०७८÷७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल १४ करोड ३५ लाख २५ हजार ३ सय २५ रुपैयाँ बराबरको नूनजन्य सामग्री बिक्री गरेको थियो ।  कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७÷७८ मा  २७ करोड १० लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको नूनजन्य सामग्री बिक्री गरेको जानकारी दिनुभयो ।


२०२० साल भदौ २७ गते  सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समयमा ऐतिहासिक फड्को मारेको छ । संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ । 


स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य बस्तु नून, चिनी, चामल, दालअन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ ।

कर्पोरेशनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग , खाद्य उद्योग , नेपाल वनस्पति ध्यू उद्योग लिमिटेड लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो । यसले नेशनल फाइनान्स लि ,सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको छ । सरकारले दिएको नीति निर्देशनमा कर्पोरेशनले समयमै आयात व्यवस्था गरेर चिनी, नून, चामल र मलको कमी हुन दिएको छैन । 

कर्पोरेशनले बिक्रीवितरण गर्दै आएको आयोडिनयुक्त नून दक्षिण एशियामै सस्तो छ यसले ७ वर्षअघिकै मूल्यमा नूनको सहजरुपमा  बिक्रीवितरण गर्दै आइरहेको छ ।