२९ कार्तिक, २०८१ बिहिबार
09:01:44 AM
२९ बैशाख, २०७९
मर्जर सहमतिको सम्झौता पनि चाँडै हुनसक्ने बताइएको छ ।
काठमाण्डौं । बीमा समितिले ५ अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने निर्देशन दिएसँगै तीन जीवन बीमा कम्पनीहरु मर्जरमा जाने भएका छन् । प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको हो ।
प्राइम लाइफ इन्स्यारेन्सका सञ्चालक समितिका एक सदस्यले प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने सहमति भएको बताउनु भयो ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जाने निर्णय गरेको छ । मर्जर सहमतिको सम्झौता पनि चाँडै हुनसक्ने बताइएको छ ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । तोकिएको चुक्तापुँजी पुर्याउन नसक्ने कम्पनीहरुबीच मर्ज गर्न सकिने समेत भनिएको थियो ।