७ मंसिर, २०८१ शुक्रबार

07:50:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ दिन बढेको सेयर बजार बिहीबार १८.६४ अंकले घट्यो, जाल्पामा सर्किट ब्रेक

Nepal Business

२९ बैशाख, २०७९

सेयर बजार घट्दा आज २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २ सय ७३ रुपैयाँको कारोबार भएको छ भने ५२ लाख २७ हजार ३ सय ५९ कित्ता सेयर किनबेच

 ४ दिन बढेको सेयर बजार बिहीबार १८.६४ अंकले घट्यो, जाल्पामा सर्किट ब्रेक

काठमाण्डौं । लगातार ४ दिन बढेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार १८.६४ अंकले घट्दा नेप्से परिसूचक २३ सय ५०.४२ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा आज २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २ सय ७३ रुपैयाँको कारोबार भएको छ भने ५२ लाख २७ हजार ३ सय ५९ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज उपसमुहतर्फ म्यानुफ्क्याचर एण्ड प्रडक्शन १.४६ प्रतिशत र ०.४१ प्रतिशतले बढेका हुन् । यी बाहेक अरु सबै उपसमुह घटेका छन् । 

कमपतीतर्फ भने जाल्पामा सर्किट ब्रेक लागेको छ भने तेह्रथुम पावर कम्पनी ६.२० प्रतिशत र युनियन हाइड्रोपावर लिमिटेड ५.२२ प्रतिशतले बढेका छन् ।