२४ बैशाख, २०८१ सोमबार

07:44:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी भ्रमणका क्रममा नरेन्द्र मोदी र शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने

Nepal Business

२९ बैशाख, २०७९

लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लुम्बिनी भ्रमणका क्रममा नरेन्द्र मोदी र शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने

काठमाण्डौं । बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका समकक्षी शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा मोदीको नेपाल भ्रमणबारे विज्ञप्ति जारी गरी जानकारी दिएको छ । भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नु हुनेछ ।

लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसका साथै मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नु हुनेछ।

मोदीको भ्रमणले भारत तथा नेपालबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यसले दुबै देशका जनताको साझा सभ्यताको सम्पदालाई जोड दिन्छ’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सन् २०१४ पछि नरेन्द्र मोदीको यो पाँचौ नेपाल भ्रमण हो ।