७ बैशाख, २०८१ शुक्रबार

06:54:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६९५ मेगावाटको अरुण ४ बनाउने नेपाल भारतबीचको सम्झौता

Nepal Business

२ जेठ, २०७९

नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच सोमबार अरुण ४ बनाउने सहमति भएको हो।

 ६९५ मेगावाटको अरुण ४ बनाउने नेपाल भारतबीचको सम्झौता

लुम्बिनी  । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संखुवासभास्थित अरूण नदीमा अरूण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न नेपाल र भारतबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच सोमबार अरुण ४ बनाउने सहमति भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ। अरुण ४ को कुल क्षमता ६९५ मेगावाट रहेको छ ।

यस अरुण ४ बाट भारतको सतलजले ५१ प्रतिशत शेयर पाउने छ भने प्राधिकरणले ४९ प्रतिशत सेयर पाउनेछ।