७ मंसिर, २०८१ शुक्रबार
01:55:28 AM
२९ बैशाख, २०७९
बीमा समितिको तथ्याङक अनुसार चैतमसान्तसम्म बीमितहरुले ७ हजार ७ सय १२ बीमालेख सरेन्डर गरेका छन्।
काठमाण्डौं । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १९ जीवन बीमा कम्पनीमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या ७ हजारभन्दा बढी पुगेको छ । बीमा समितिको तथ्याङक अनुसार चैतमसान्तसम्म बीमितहरुले ७ हजार ७ सय १२ बीमालेख सरेन्डर गरेका छन्।
समितिको तथ्याङक अनुसार यस अवधिमा १९ जीवन बीमा कम्पनीको १ अर्ब ६६ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यस अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
चैत महिनामा राष्ट्रिय बीमा संस्थानको ९ करोड ७२ लाख ७४ हजार रुपैयाँ बराबरको १ हजार ९५६ बीमा पोलिसी सरेन्डर भएको छ । यसैगरी यसै अवधिमा नेपाल लाइफ इन्स्योरेन्स ४५ करोड ७४ लाख २१ हजार रुपैयाँ बराबरको २ हजार ७५५ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ ।
यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको १३ करोड ४ लाख ४२ हजार रुपैयाँको ४९१ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ७ करोड ४२ लाख ५७ हजार रुपैयाँको ४५१ वटा, मेट लाइफको ४ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको ४९७ वटा, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड २२ लाख ४७ हजार रुपैयाँको ४८६ वटा र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १४१ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।
चैत महिनामा राष्ट्रिय बीमा संस्थानको ९ करोड ७२ लाख ७४ हजार रुपैयाँ बराबरको १ हजार ९५६ बीमा पोलिसी सरेन्डर भएको छ ।
त्यसैगरी, बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट ६० लाख ४४ हजार रुपैयाँ बराबरको ९२ वटा, प्राइम लाइफ इन्स्योरेन्सको ४६ लाख ३९ हजार रुपैयाँ बराबरको ७३ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ४ करोड १० लाख ७४ हजार रुपैयाँ बराबरको ३८५ वटा, युनियन लाइफ इन्स्योरेन्सबाट ८४ लाख ३३ हजार रुपैयाँको ४५ वटा र ज्योति लाइफ इन्स्योरेन्सबाट ७८ लाख ३ हजार रुपैयाँ बराबरको ४९ वटा बीमा पोलिसी सरेन्डर गरेको तथ्याङकमा उल्लेख छ ।
समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ लाख १२ हजार रुपैयाँ बराबरको १८ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् ।
यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको २४ लाख ४ हजार रुपैयाँ बराबरको ३१ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको २६ लाख १४ हजार रुपैयाँ बराबरको ३७ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको २६ लाख ४ हजार रुपैयाँ बराबरको ३७ वटा पोलिसी सरेन्डर भएको छ ।
बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट १ करोड ७४ लाख ७ हजार रुपैयाँ बराबरको ३१ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ६ करोड २९ लाख ५५ हजार रुपैयाँ बराबरको ७९ वटा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको १० लाख ११ हजार रुपैयाँ बराबरको २१ वटा बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ ।
शुरुमा बीमितहरु बीमा पोलिसी किन्न हौसिने र आफ्नो प्रिमियम तिर्न सक्ने क्षमता कति हो ख्याल नपुर्याई पोलिसी खरिद गर्ने प्रवृति बढ्दै गएको छ ।
अर्कातर्फ बीमा पोलिसी बिकाउने बीमक प्रतिनिधिहरुले बढिको गराउँदा बढि कमिसन आउँछ भन्ने सोचको कारण सरेन्डर दिनानु दिन बढ्दै गइरहेको छ । बीमितको आयस्रोत नहेरी ठूलो रकमको पोलिसी खरिद गर्न उक्साउने मनोवृति नै सरेन्डरको प्रमुख समस्या रहेको देखिन्छ ।