१६ बैशाख, २०८१ आइतबार

06:35:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारका दुरदर्शी योजना नहुँदा करोडौँका सरकारी भवन प्रयोगविहीन

Nepal Business

१४ पुस, २०७८

करोडौं लगानी गरिएका सरकारी भवन अर्थहीन

 सरकारका दुरदर्शी योजना नहुँदा करोडौँका सरकारी भवन प्रयोगविहीन

काठमाण्डौं, पुस १४

सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकेसँगै डोटीको दिपायल र राजपुरमा करोडौँ रुपैयाँमा निर्माण गरिएका अधिकांश सरकारी भवन प्रयोगविहीन बनेका छन् । यहाँका क्षेत्रीयस्तरका कार्यालय प्रदेश सरकारले तोकेको राजधानी कैलाली गएपछि कार्यालय प्रयोगविहीन बनेका हुन् ।

 पुरानो क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्री सम्पर्क कार्यालय तोकिए पनि आवश्यक दरबन्दीअनुसार कर्मचारी नआउँदा उक्त कार्यालय पनि खाली रहेको दिपायल राजपुरका स्थानीयवासी रतनबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, कार्यालयमा छाडा गाईगोरुको बास छ ।


 दिपायलस्थित कार्यालयमा दरबन्दी भएका कर्मचारी पठाइदिन पटक–पटक मुख्यमन्त्री तथा सम्बन्धित कार्यालयमा निवेदन दिँदा कर्मचारी नपठाएको उद्योग वाणिज्य सङ्घ डोटीका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । 


साविकको क्षेत्रीय प्रशासकको कार्यालय, स्वास्थ्य निर्देशनालय, शिक्षा निर्देशनालय, कृषिलगायत अन्य कार्यालयका भवन पूर्णरूपमा प्रयोगमा छैनन् । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले क्षेत्रीयस्तरका कार्यालय दिपायल राजपुरमा तोकिएको र सोहीअनुसार कर्मचारी खटाइएको बताउनुभयो ।