७ मंसिर, २०८१ शुक्रबार
01:55:01 AM
२९ बैशाख, २०७९
संस्थानले यस त्रैमाससम्म्मा जीवन बीमा कोष २० प्रतिशतले बढाएर ३९ अर्ब रुपैयाँ पुराएको
काठमाण्डौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क र नाफा आर्जनमा सामान्य सुधार देखिएको छ।
संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार खुद बीमाशुल्क ७ प्रतिशतले बढेको छ । यस अवधिमा संस्थानको खुद बीमाशुल्क ७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
संस्थानको गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीको खुद नाफा २ प्रतिशतले बढेको छ । खुद नाफा बढेर ४ करोड ९६ लाख रुपैयाँमा भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थानको अभिकर्ता कमीशन ३२ प्रतिशतले घटेर १४ करोड २४ लाख रुपैयाँमा सिमित रहेको छ ।
संस्थानले यस त्रैमाससम्म्मा जीवन बीमा कोष २० प्रतिशतले बढाएर ३९ अर्ब रुपैयाँ पुराएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३२ अर्ब रुपैयाँ संचिति रहेको थियो ।
यस अवधिसम्ममा संस्थानको खुद दाबी भुक्तानी २२ प्रतिशतले बढेको छ । गत बर्ष २ अर्ब ५४ करोड रुपैयाँ दाबी भुक्तानी दिएको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ अर्ब १२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।