७ मंसिर, २०८१ शुक्रबार

08:32:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ दिन सेयर बजार बढ्दा लगानीकर्ताको सम्पत्ति बढ्यो, कति पुग्यो ?

Nepal Business

२९ बैशाख, २०७९

यस अवधिमा लगानीकर्ताको कुल सम्पत्ति (कुल बजार पूँजीकरण) १ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँ बढेको

४ दिन सेयर बजार बढ्दा लगानीकर्ताको सम्पत्ति बढ्यो, कति पुग्यो ?

काठमाण्डौं । लगातार घटिरहेको सेयर बजारले निराश बनेका लगानीकर्ता केहि दिनयता उत्साहित छन् । यस साता लगातार ४ दिन सेयर बजार उकालो लागेको छ ।

सेयर बजार बढ्दा उनीहरुमा अब सेयर बजार लयमा फर्कने आशा पलाएको छ । आशा नलागोस पनि कसरी ४ दिन बढेको सेयर बजारले लगानीकर्ताको सम्पत्ति जो बढेको छ । 

यस चार दिनमा लगानीकर्ताको सम्पत्तिमा सुधार आएको छ । यस अवधिमा लगानीकर्ताको कुल सम्पत्ति (कुल बजार पूँजीकरण) १ खर्ब ८५ अर्ब ३० करोड रुपैयाँ बढेको छ । 

यो साताको पहिलो दिनदेखि नै बजार उकालो लागेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार गत साताको अन्तिम कारोबार दिन बिहीबार कुल बजार पूँजीकरण ३१ खर्ब ८४ अर्ब ७६ करोड थियो ।

बुधबारसम्म उक्त बजार पूँजीकरण बढेर ३३ खर्ब ७० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । ४ दिनको अवधिमा नेप्से परिसूचक पनि १३० अंकले बढेको छ । 

गत साता लगातार ३ करोबार दिन नै बजार घटेको थियो । गत साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक २ हजार २३८.६२ विन्दुमा थियो भने बुधबार २ हजार ३६९.०६ विन्दुमा छ ।

बिहीबार आज कारोबारको अन्तिम दिन पनि सेयर बजार बढ्ने देखिन्छ ।

लगानीकर्ताका अनुसार पछिल्लो समय बैंकको ब्याजदर नबढ्ने समाचार बाहिरिनुका साथै स्थानीय तहको निर्वाचनमा खर्च हुने पैसा बैंकिङ च्यानलमा आउने भएकाले तरलता सहज हुने देखिन्छ । यसले पनि बजारलाई बढ्न मद्दत गर्ने देखिन्छ ।