७ मंसिर, २०८१ शुक्रबार

08:29:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ५६.०६ अंकले बढ्यो, ६ कम्पनीमा सर्किट ब्रेक

Nepal Business

२८ बैशाख, २०७९

२ अर्ब १६ करोड ३९ लाख ९० हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको छ भने ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच

सेयर बजार ५६.०६ अंकले बढ्यो, ६ कम्पनीमा सर्किट ब्रेक

काठमाण्डौं ।यस साता  लगातार सेयर बजार बढिरहेको छ । सेयर बजार बुधबार पनि बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार ५६.०६ अंकले बढेर नेप्से परिसूचक २३ सय ६९.०६ विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढ्दा आज २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको छ भने ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् । 

हिजो मंगलबारको तुलनामा आज बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रुपैयाँको कारोबार भएको थियो ।  

यस्तै उपसमुहतर्फ  सबै बढेका छन् । सबैभन्दा धरै हाइड्रोपावर उपसमुह ४.९७ प्रतिशतले बढेको छ । 

कमपनीतर्फ भने आज ६ वटा कम्पनीमा सर्किट ब्रेक लागेको छ । नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्जी पावर विकास कम्पनी, राधी विद्युत कम्पनी, यूनिभर्सल पावर कम्पनी र जाल्पामा सर्किट ब्रेक लागेको छ । 

गणपति लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनी ९.९९ प्रतिशतले बढेका छन् भने बरुण कम्पनी, ९.९८ प्रतिशत, फर्वाड माइक्रोफाइनान्स वित्तीय संस्था, इमर्जी नेपाल९.०७ प्रतिशत, अरुण काबेली पावर कम्पनी ९.०३ प्रतिशत र प्यान्थर पावर कम्पनी ९.०१ प्रतिशतले बढेका छन् ।